नेपाल लुट्न आएको एलआईसीले करोडौं करछली गरेको खुलासा, हेर्नुहोस् शक्तिको आडमा यसरी हुन्छ ब्रमलुट
काठमाडौं – भारतीय जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी नेपाल)ले करोडौं करछली गरेको पाइएको छ । आर्थिक बर्ष २०७४/७५ मा मात्र कम्पनीले १४ करोड भन्दा बढि करछली गरेको प्रमाण मोटिभेट न्यूज डटकमले प्राप्त गरेको छ ।
विगत लामो समयदेखि एलआईसी नेपालले नेपालमा लुट मच्चाइरहेको बारेमा समाचार सम्प्रेषण गर्दै आएको मोटिभेट न्यूज डटकमले उसको नयाँ कर्तुत फेला पारेको छ । खोज्दै जाँदा एलआईसी नेपालले आयकर अन्तरगतको करोडौं रकम हिनामिना गरेको प्रमाण मोटिभेटले भेटेको छ ।
आर्थिक बर्ष २०७४/७५ मा कम्पनीले गरेको नाफाबाट सरकारलाई आयकर नतिरी करोडौं करछली गरेको छ । करछली गरेको उक्त रकम केही हुण्डी मार्फत भारत पठाएको र केही कम्पनीका माथिल्लो तहका कर्मचारीलाई वितरण गरेको थियो । कम्पनीका तत्कालिन प्रमुख कार्यकारी अधिकृतले आफ्नो कार्यकाल सकिन केही समयमात्र बाँकी रहदा यति ठुलो रकम हिनामिना गरेका थिए ।
ठुला करदाता कार्यलयले यस विषयमा शंका लागेपछि फुल अडित गरेर १४ करोड ४ लाख रुपैयाँ कर निर्धारण गरेको छ । जसमध्ये ठुला करदाता कार्यलयले १२ लाख ५४ हजार भन्दा बढि अग्रीम आयकर बुझाउन भनेको छ ।
यो आर्थिक बर्षमा मात्र होइन एलआईसी नेपालले २०६६ सालदेखिनै नेपाल सरकारलाई ठग्दै आएको छ । करछलीको प्रयाय बनेको उक्त कम्पनीले २०६६ सालदेखि ७१ सालसम्म पनि झण्डै १५ करोड करछली गरेको थियो, उक्त रकम कम्पनीले अहिलेसम्म पनि तिरेको छैन । ठूला करदाता कार्यलयले पुनः निर्धारण गरेको कर अहिलेसम्म पनि नतिरेर एलआईसी नेपालले दादागीरी देखाएको छ ।
ठूला करदाता कार्यलयले बारम्बार कर तिर्न ताकेता गर्दापनि एलआइसी नेपालले अदालत जान्छु भन्दै धम्की दिइरहेको कुला करदाता कार्यलयले जनाएको छ । नेपालमा ठूला करदाता कार्यलयले निर्धारण गरेको कर बढि भएको भन्दै एलआइसीले कर तिर्न आनाकानी गरेको कार्यलयको भनाई छ ।
दुरसंचार प्रदायक कम्पनी एनसेलले कर तिर्न आनाकानी गर्दै अदालत गएको र अदालतले थोरै कर निर्धारण गरेको देखेपछि एलआईसीले पनि अदालत जाने भन्दै धम्की दिइरहेको छ । यस विषयमा कुराकानी गर्नका लागि कम्पनीका सूचना अधिकारी विनोद भुजेललाई बारम्बार सम्पर्क गर्न खोज्दा उनको फोन उठेन । कार्यलयमा जाँदा पनि उनी भेटिएनन् ।
यो पनि पढ्नुहोस्