उपत्यकामा बिजुलीको तार भूमिगत हुदैँ
काठमाडौं–विद्युत प्राधिकरणले आज (सोमबार) देखि काठमाडौँ विजुलको तार भूमिगत गर्ने कामको सुरुआत गर्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजे महाराजगञ्जस्थित प्रहरी तालिमकेन्द्र अगाडिबाट यो कामको शुभाराम्भ गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क बितरण केन्द्र अन्तर्गतका तार भूमिगत गरिने प्राधिकरणले जनाएको छ ।
बिजुलीको तारकै कारण कुरुप बनेको काठमाडौँ सहरलाई सफा र सुन्दर बनाउने उद्देश्यले तार भूमिगत गर्न लागिएको हो ।
पहिलो चरणमा दुई वटा वितरण केन्द्र अन्तर्गत ९० हजार ग्राहकको घरसम्म तार अन्डरग्राउन्ड गरिसकेपछि अरु ठाउँमा पनि काम थाल्ने प्राधिकरणको योजना छ ।
यसको लागि एसियाली विकास बैंक एडिबीले सहुलियतपूर्ण ॠण सहयोग गरेको प्राधिकरणले जनाएको छ ।