मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना ,३जना मृत्यु

मंगलबार, ६ फाल्गुन २०७६

काठमाडौँ- बाराको पचरौता नगरपालिकामा सोमबार राति भएको छुटटा छुटटै मोटरसाइकल दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।पचरौता नगरपालिका वडा नम्बर ८ स्थित लङ्गडा चोक नजिकै ना २३ प २७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा मोटरसाइकल चालकसहित २ जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा मोटरसाइकल चालक २४ वर्षीय विजय यादव र उनका आफन्त ५५ वर्षीय रामेश्वर यादव रहेका छन् । दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

पचरौता नगरपालिकाकै वडा नम्बर ९ मा पनि सोमबार राति लु २१ प ६९६३ नम्बरको मोटरसाइकल पल्टिएर दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय मन्जय ठाकुरको मृत्यु भएको छ । तीव्र गतिको कारण दुवै मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।