जानिरहनु होस शिवरात्रिमा यस कारण आउँछन् विश्वभरबाट शक्तिशाली नागा बाबाहरु
काठमाडौं- मुलुकको विभिन्न स्थानसहित भारत, भुटान, श्रीलंका लगायत विश्वभरबाट हिन्दू धर्मावलम्बीहरु भगवान् शिववो दर्शन गर्न पशुपतिनाथ आउने गर्छन् । शिवरात्रिको अवसरमा आस्थाकासाथ दर्शन गर्नकै लागि छिमेकी देश भारतबाट भने हजारौंको सङ्ख्यामा साधु सन्तहरु आउने गर्दछन् । जब पशुपतिनाथ प्राङ्गणमा साधु, सन्त तथा महात्माहरुले भरिभराउ हुन्छ अनि मात्रै शिवरात्रिको चहलपहल सुरु भएको भान हुन्छ ।
त्यसमा पनि छुट्टै पहिचानमा रहेका “नागा“ बाबाले गर्दा थप आकर्षणको केन्द्र बन्ने गरेको छ । र नागा बाबासँग आशिर्वाद लिने पनि भेटिन्छन् । पशुपतिनाथको दर्शनका लागि जाने मानिसहरुको जिज्ञासा पनि अरुभन्दा फरक तरिकाले बसेका नागा बाबाहरुले गरेका साधनामा केन्द्रीत हुने गरेको छ ।
शरीरको कुनै भागमा कपडा नलगाई विभूति घसेर शिवजीको जप तथा कृतन गरिरहेका नागाबाबाहरुको दर्शन गर्न दर्शनार्थीहरु लालयित पनि देखिने गरेका छन् । विज्ञान र प्रविधिको युगमा यसरी कठोर त्याग र तपस्या गरेर बसेकाहरुको आशिर्वादले समस्त दुख कष्ट नाश हुने विश्वास गरिँदै आएको छ।
हरेक नागा बाबाहरुको आफ्नै प्रकारको साधना हुने गरेको छ । बर्षौं सम्म नबेलेर लिने व्रत भएकाले यस्ता प्रकारका नागा बाबाहरुलाई मोहनी बाबा भनेर भन्ने गरिएको छ । सुन नै सुनले बनेको माला तथा मुकुट लगाएर आउने बाबाको गोल्डेन बाबा भनेर भन्ने गरिएको छ । व्रत अवधिभर सुत्ने र बस्ने नगरेका बाबाहरुलाई खडेश्वर बाबाको नामले पुकार्ने गरिन्छ । यस्ता प्रकारका बाबाहरु शिवरात्रिको समयमा पशुपतिनाथमा देखिँदै आएका छन् । यसरी नागा बाबा साधु हुनका लागि लामो समयसम्म कठोर तपस्या गर्नु पर्ने नियम रहिआएको छ ।
गुरु शिष्यको परम्परालाई आदि गुरु शंखराचार्यले वैदिक हिन्दु सनातन धर्मको रक्षा गर्नका लागि आफूलाई जिम्मेवारी प्राप्त भएपछि योग र बलमा निपूर्ण रहेको शक्तिशाली नागा बाबाको स्थापना गरेका हुन् । चार प्रकारका साधु अखडा स्थापना गरेका हुन् । यस्ता अखडामा विशेष प्रकारका नागा बाबाको साधना तथा जप गर्ने परम्परा सुरु गरिएको हो ।
कुनै प्रकारको धार्मिक समुहले आक्रमण गर्न लागेमा नागाबाबाले प्रतिकार गर्न सक्ने गरि राखिएका शक्तिशाली जोगीको समूह हो । भारमा लाग्ने कुम्भ मेलामा करोडौँ मानिसको उपस्थिति रहने मेलाको जिम्मा नागा बाबालाई नै दिने गरिन्छ । शंखराचार्यलाई भगवान शिवको अवतारका रुपमा शास्त्रमा व्याख्या गरिएको छ ।
यस्ता बाबाहरु आफूलाई शक्तिशाली बनाउनका लागि दर्शनार्थीका रुपमा आउने गरेका छन् । यसरी आउने साधुहुको खाने र बस्ने तथा आउन जान लाग्ने खर्चको समेत ब्यवस्था गरेर बिदाई गर्ने परम्परा रहिआएको छ । पशुपति क्षेत्र विकाश कोषको लगानीमा उक्त विदाइ कार्यक्रम हुने गरेको छ ।