सञ्चारमन्त्री बाँस्कोटाले फेसबुकमा राखे यस्तो स्टाटस
काठमाडौ- सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाँस्कोटाले राजीनामा बुझाएका हुन्। कमशिन मागेको अडियो सार्वजनिक भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएका हुन्। मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु’, बाँस्कोटाले फेसबुकमा लेखेका छन्, ‘धन्यवाद।’
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चारमन्त्री बाँस्कोटा र स्वीस कम्पनीका नेपाल एजेण्ट विजय प्रकाश मिश्रबीच भएको ‘कमिसन डिलिङ’को अडियो सार्वजनिक भएको थियो। सरकारले सुरुमा स्वीस कम्पनीलाई दिने भनिए पनि पछिल्लो समयमा जर्मनी कम्पनीलाई दिन लागिएपछि अडियो सार्वजनिक भएको हो।
