१६ जनाले करणी गर्दा ८ वर्षकी बालिकाको निधन
काठमाडौँ -आफ्ना केही आफन्तसहित १६ जनाले करणी गरेकी एक ८ वर्षकी बालिकाको बिहीबार शंकास्पद स्थितिमा निधन भएको छ । घटना भारतको चेन्नइको विलुपुरमको हो । पुलिसका अनुसार बालिका केही दिनदेखि पेट दुखाइ र ज्वरोसँग जुधिरहेकी थिइन् । पुलिसले बालिकाको निधनको घटनामा आइपीसी धारा १७४ अन्तर्गत मुद्दा दर्ता गरेको छ ।३ कक्षामा पढ्ने ती बालिका आमा, दिदी, सौतेनी पिता र सौतेनी दाजुसँग बस्थिन् ।
बुधबार राती उनी शौचालय गएपछि फर्किइनन् । पछि आमाले छिमेकीको सहयोगमा ढोका फुटाएर हेर्दा उनी भित्र बे’हो’स अवस्थामा ल’डेकी थिइन् । अस्पताल लिएर गएकोमा त्यहाँ डाक्टरले बालिकालाई मृत घोषित गरिदिए ।२०१७ मा बालिकाकी आमा आफ्ना पतिसँग छुट्टिएकी थिइन् र चेन्नइ गएकी थिइन् । यस क्रममा उनले आफ्ना दुई छोरीहरुलाई आफन्तकहाँ छोडेर गएकी थिइन् । चेन्नइ गएको १ वर्षपछि आमा फर्किइन् । फर्किएपछि उनले आफ्ना २ छोरीहरुसँग यौ’न शो’षण र करणी भएको थाहा पाइन् । त्यसपछि उनी छोरीहरुलाई लिएर पुडुचेरी गइन् ।त्यहाँ गएर उनले छोरीहरुलाई अर्कै स्कुलमा भर्ना गरिन् । स्कुलमा बालिका अचानक बे’हो’स भएपछि उनलाई अस्पताल लिएर गइएको थियो । अस्पतालमै उनलाई करणी गरिएको थाहा भएको थियो ।