एक युवाको योजनाबद्ध ढंगले हत्या
काठमाडौँ शुक्रवार बिहान गुल्मीको बिरवासमा मृत अवस्थामा फेला परेको एक युवाको योजनाबद्ध ढंगले हत्या गरिएको परिवारजनले दावी गरेका छन् शुक्रवार बिहान करिव ५ बजेको समयमा गुल्मीदरवार गाउँपालिका वडा नम्वर ४ बिरवासको अरकडाँडा कच्ची सडकको खोल्सा नजिकै रक्ताम्मे अवस्थामा स्थानीय ३३ बर्षीय सन्तोष भनेर चिनिने मोहनप्रसाद चुँदालीको शव फेला परेको थियो ।
टाउकोमा गम्भीर चोट लागेको र रगतपच्छे भएको अवस्थामा शव फेला परेको थियो । मृतक चुँदालीकी श्रीमति सरस्वतीले आफ्नो श्रीमानको योजनावद्ध ढंगले हत्या भएको हुन सक्ने भन्दै छानबिनको माग गरेकी छिन् । श्रीमानको हत्या नै भएको भन्दै श्रीमति सरस्वती चुँदालीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । प्रहरीले शुक्रवार विष्णुबहादुर कँडेल र स्थानीय होटल सञ्चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।