रिचार्ज कार्ड कोट्याउँदा पिन नम्बर मेटिएर हैरान हुनुहुन्छ ? नम्बर मेटिएपनि यसरी गर्नुस् रिचार्ज

शनिबार, १० फाल्गुन २०७६

काठमाडौँ– रिचार्ज कार्डबाट हामीसबैले मोबाइलमा रिचार्ज त गर्ने गरेकै छौ । तर बेलाबेला रिचार्ज कार्डबाट पिन छोप्पिएको भाग मेटाउँदा कहिलेकाहि पिन नम्बरनै मेटिने गर्छ । तर नेपाल टेलिकमले रिचार्ज कार्डमा भएका अधिकांश पिन नम्बर मेटिएर कमसेकम ६ वटा नम्बर मात्र देखिएका छन् भने पनि रिचार्ज गर्न सकिने सिस्टम ल्याएको छ । यसका लागि ग्राहकले पहिलो चरणमा कम्पनीको वेबसाइटबाट आफैंले रिचार्ज गर्न सक्नेछन् ।

कार्डको पिन नम्बर प्रष्ट नभएमा वा कोरिएमा ग्राहकले नम्बर बिग्रिएको रिचार्ज कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराउनुपर्छ ।

यसका लागि कम्पनीको वेबसाइटमा गएर पिन रिकभरीमा क्लिक गर्ने वा सिधै http://pinrecovery.ntc.net.np/  मा लग ईन गर्नुपर्छ । रिचार्ज कार्डमा भएका १६ अंकका पिन नम्बर मध्ये कमसेकम ६ वटा अंक देखिने हुनुपर्छ । यसरी देखिने पिन नम्बरलाई कार्डमा लेखिएको अवस्थामा राख्नुपर्छ र मेटिएको अंकमा ‘८’ चिन्ह राख्नुपर्छ । जस्तो कि पिन नम्बरको फर्म्याट १२३४५६७८९०१२३४५६ छ र बीच बीचका पिन नम्बर मेटिएको वा नबुझिने छ भने त्यही अनुसार १८८४५८७८८८१२८८५८ संरचना बमोजिम राख्नुपर्छ ।