प्रेरक प्रसंग : सित्तैमा एक कोश
काठमाडौं–एक दिन ससुरा र ज्वाई खेतमा हलो जोतिरहेका थिए । ससुराले ज्वाईलाई भने, “फलानो गाउँ यहाँबाट चार कोश टाढा छ ।”
“हैन, तीन कोश टाढा छ, ”ज्वाईले भने ।
“हैन, चार कोश टाढा छ,’’ससुराले भने ।
“हैनभन्या, तीन कोश टाढा छ” ज्वाईले फेरि भने ।
यही विषयमा दुईजनाबीच विवाद हुन थाल्यो । त्यतिकैमा छोरी त्यहाँ आइपुगी र सोधी– “के विषयमा विवाद भइरहेको हो बा ।’’
बाउले उतर दिए– “छोरी ! फलानो गाउँ यहाँबाट चार कोश टाढा छ । तर यी ज्वाई तीन कोश मात्र छ भन्छन् । सित्तैमा मेरो एक कोश लिन खोज्छन् ।’’ छोरीले भनि– “बा ! हाम्रो बिहे गरेर हजुरले के के चीज दिनुभयो, यो जाबो एक कोश पनि दिन सक्नु हुन्न त ?’’ बाउले उतर दिए– यस्तै कुरा हो भने त यो जाबो एक कोश मात्र किन चार कोशै लिउन ।’’