भारतीय कलाकार विराटनगर आउँदै
काठमाडौँ -चर्चीत भारतीय कमेडी सिरियल तारक मेहताका उल्टा चस्माका प्रस्तुतकर्ता तथा कलाकार शैलेश लौढा विराटनगर आउने भएका छन् ।सोनी सब टेलिभिजनबाट प्रशारण भइरहेको सिरियलका कलाकार लौढलाई होली रङ्गारङ कार्यक्रमको लागि विराटनगर ल्याउन लागिएको हो ।
२४ फागनुमा विराटनगरको जैन भवनमा हुने कार्यक्रममा उनी सहभागी हुने छन् । लौढलाई मारवाडी युवा मञ्चले आयोजना गर्ने कार्यक्रममा बोलाइएको मञ्चका अध्यक्ष गोपाल अग्रवालले बताए ।