सुनको मूल्य अहिले सम्मकै धेरै
काठमाडौँ -नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च हुन पुगेको छ । आइतबार तोलामा ७ सय रुपैयाँले बढेर सुनको मूल्य तोलाको ७८ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।शुक्रबार प्रतितोला ७८ हजार १ सय रुपैयाँमा किनबेच भएको सुन आइतबार एकैदिन ७ सयले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन तोलाको ७८ हजार ५ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ९ सय २० रुपैयाँ कायम पुगेको छ । पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ ।