युवराज खतिवडाले सम्हाले सञ्चार मन्त्रालय
काठमाडौँ- अर्थमन्त्री डा युवराज खतिवडाले सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समेत पदभार ग्रहण गरेका छन् । आइतबार खतिवडाले पदभार ग्रहण गरेसँगै मातहतका कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।क्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनीक भएसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अर्थमन्त्री डा खतिवडालाई कार्यभार तोकिएको हो ।