प्रेरक प्रसंग : गँजडीको सल्लाह

सोमबार, १२ फाल्गुन २०७६

काठमाडौं–एकपटक दुइजना गँजडी किसान मिलेर उखु रोप्ने सल्लाह गरेछन् । उनीहरुमध्ये एकजनाले भन्यो–
“साथी, म त्यो खेतबाट सधै एउटा उखु खाने गर्छु है ।’’ अर्कोले भन्यो– “म चाहिँ दिनको दुईवटा उखु खाने गर्छु ।’’

पहिलोले फेरि भन्यो–“त्यसो भे म तीनवटा खानन्छु ।’’

अकोले भन्यो– “म चारवटा खान्छु ।”
पहिलो– “त्यसो भने म पाँचवटा खान्छु ।’’
अको– “म छवटा !”

पहिलो–“म पाँचवटा खान्छु । तँ छवटा किन खाने ?’’

अर्काे–“तैले किन पाँचवटा खान्छु भनिस् त ?’’
यस्तै कुरा गर्दागर्दै दुईजनाबीच निकै ठुलो विवाद
भयो । झगडा बढदै–बढदै गएर अदालतमा नै पुग्यो ।
अदालतमा न्यायाधीशले भने–“तिमीहरुले मेरो खेतमा उखु रोपेर खुब धेरै उखु खायौ, अब बीस–बीस रुपैयाँ जरिवाना तीर ।”