काठमाडौंको कलङ्कीमा ठुलो दुर्घटना
काठमाडौं – काठमाडौंको कलङ्कीमा ठुलो दुर्घटना भएको छ । मालबहाक ट्रक अनियन्त्रीत हुँदा दर्जनौं गाडीलाई ठक्कर दिएर धेरै जनालाई घाइते बनाएको छ ।
पश्चिमबाट आएको लोड ट्रकले विभिन्न सवारी साधलाई ठक्कर दिदा दर्जन बढि घाइते भएका छन भने तीन जनाको अवस्था गम्भिर छ । उनीहरुको नजिकको अस्तालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको अवस्था गम्भीर रहेको दुर्घटनास्थलमा खटिनुभएका प्रहरी निरीक्षक (इन्सपेक्टर) पुरुपोत्तम कार्कीले बताए । उनका अनुसार ट्रकमा च्यापिएका चालकको उद्धार गरिएको छ तर उनको अवस्था गम्भीर छ ।
कलङ्कीबाट थानकोट जाने सडकखण्डमा एउटा मालवाहक ट्रकले अन्य ५र६ वटा गाडीलाई ठक्कर दिएको बताइए पनि विस्तृत विवरण आउन बाँकी छ ।