नदीमा खस्यो यात्रुबाहक बोलेरो !

मंगलबार, १३ फाल्गुन २०७६

कालिकोट– यात्रु बोकेको बोलेरो मंगलबार बिहान कर्णाली नदीमा खसेको छ ।

कालिकोट जिल्ला प्रहरी कार्यालयका अनुसार, कर्णाली राजमार्गअन्र्तगत कालिकोटको शुभकालिका गाउँपालिका–१ लालीघाट नजिकबाट बोलेरो कर्णाली नदीमा खसेको हो ।

गाडी कर्णालीमा खसेको खबर आएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामबाबु ओलियाले बताए ।

उनका अनुसार, कर्णालीमा गाडी खसेको खबर आएको छ । तर, त्यसमा कति यात्रु थिए भन्नेबारे खुलेको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।