सिंहदरबारभित्र आगलागी

मंगलबार, १३ फाल्गुन २०७६

काठमाडौं- सिंहदरबारस्थित नेपाल टेलिभिजनको कार्यालय नजिक हुलाक सेवा विभागको भवनमा आइतबार साँझ आगलागी भएको छ । प्रहरीका अनुसार ननिभेका चुरोटका ठुटा डस्टविनमा राखिएको फोहोरमा सल्किँदा आगलागी भएको हो ।

साँझ ७ २५ बजे सुरु भएको आगलागी ७५० मा नियन्त्रणमा आएको थियो । आगलागीबाट प्यासेजमा रहेका केही कागजात जलेर नष्ट भएका छन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन् । डस्टविनमा चुरनेटको ठुटा फाल्ने व्यक्तिको सम्बन्धमा खुल्न सकेको छैन् । आगो सल्किएको खबर पाउनासाथ प्रहरी घटनास्थल पुगेको थियो ।

विद्युत सर्ट भएर आगलागी भएको हो की भन्ने शंका थियो र तर घटनास्थलमा विद्युतको तार भेटिएन् । जलेको डस्टविन प्यासेजमा थियो । त्यसैले ठुटाबाटै आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएकोे छ । आजको नयाँपत्रिका दैनिकमा प्रकाशित छ ।