काठमाण्डौमा पानी पर्‍यो

मंगलबार, १३ फाल्गुन २०७६

काठमाडौँ -अहिले काठमाण्डौसहित देशभरको मौसम बदली भएको छ । अहिले मध्य, पूर्व र पश्चिमका केही ठाउँमा पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले काठमाण्डौसहित केही ठाउँमा पानी परिरहेको छ । मंगलबार राति पनि केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको छ । यस्तै, बुधबार पनि काठमाण्डौसहित आसपासका ठाउँको मौसम यस्तै रहने सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो ।

बुधबार मध्य र पूर्वी क्षेत्रमा पानी पर्ने सम्भावना छ । पश्चिमका क्षेत्रमा भने बिहान मौसम सफा हुने र दिउँसोदेखि बदली हुँदै जाने मौसमविद् सजिना शाक्यले बताउनुभयो । पश्चिमी वायु र पूर्वी क्षेत्रमा न्यून चापीय प्रणाली विकास भएकाले मौसम बदली भइ केही ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको मौसमविद्ले बताएका छन् ।