जान्नुहोस कसरी छानियो ट्राफिक लाइटको रङ ?
काठमाडौँ- ट्राफिक नियम पालना गर्नको लागी नेपाल लगाएत विश्वमा नै ट्राफिक लाईटको व्यवस्था गरिएको छ ।सवारी दुर्घटना न्युनीकरण लगाएत बिभिन्न कारणको लागी बिभिन्न शहरको चोक चोकमा ट्राफिक लाईटको राखिएको हुन्छ ।रातो हरियो र पहेलो बत्तिको माध्यमबाट यात्रुहरुलाई सिग्नल दिने गरिएको हुन्छ । तर यस्तो किसिमको नियम कसरी लागु भयो भन्ने बारेमा सायदैलाई मात्र थाहाहोला ।विश्वमा सबैभन्दा पहिले १० डिसेम्बर सन् १८६८ मा बेलायतमा ट्राफिक बत्ती जडान गरिएको थियो । रातमा देखियोस् भन्नका लागि ग्यासको प्रयोग गरिएको बत्ति जडान गरिएको थियो । बत्ति लण्डनस्थित संसदभवन बाहिरको सडकमा जडान गरिएको थियो ।
शुरुमा ट्राफिक लाइटमा रातो र हरीयो रंगको प्रयोग गरेपनि पछि पहेँलो रङपनि थपेको थियो । प्रष्ट देखिने तथा मानिसलाई सचेत गराउनका लागि भन्दै ट्राफिक लाइटमा रातो रङ प्रयोग गरेको थियो ।रातो रङको अर्थ अगाडि खतरा तथा गाढा पनि हुन्छ र टाढैबाट देखिने भएकाले यसको प्रयोग भएको बताईन्छ । यो रङलाई ट्राफिक बत्तीमा गाडी वा यात्रुलाई रोक्नका लागि प्रयोग गरियो ।पहेँलो रङलाई ट्राफिक लाइटमा राख्नुका कारण पैदल बाटो काट्न अथवा गाडी अगाडि बढाउन उर्जाको प्रयोग गर्न तयार होउभन्ने संकेत दिनु हो ।हरियो रङले सबैकुरा ठीकठाक छ भन्ने कुराको संकेत गर्दछ । त्यसैले ट्राफिक लाइटमा यो रङलाई अब गाडी अगाडि बढाउ वा पैदल यात्रीलाई बाटो काट्न शुरु गर भन्नका लागि प्रयोग गरिएको हो ।