मिलको फित्तामा बेरिएर महिलाको मृत्यु

बिहिबार, १५ फाल्गुन २०७६

काठमाडौँ -मिलको फित्तामा बेरिएर बिहीबार पर्सामा एक महिलाको मृत्यु भएको छ।पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ३ की ४२ वर्षीया ललितादेवी ठाकुरको सेलर मिलको पट्टामा बेरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान ९ बजे आफ्नै मिलमा धान कुट्ने क्रममा सेलर मिलको फितामा लुगा बेरिएर ललिताको ज्यान गएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले जानकारी दिए।घटनास्थलमा पुगेर प्रहरीले शवको मुचुल्का उठाएको सिंहले बताए।