फ्रान्स पठाइदिन्छु भन्दै ३८ लाख ५० हजार रुपैयाँ ठगी गर्ने महिला पक्राउ
काठमाडौँ -वैदेशिक रोजगारका लागि फ्रान्स पठाइदिन्छु भन्दै तीन जनालाई ठगेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।प्रहरीले रुपन्देही घर भइ काठमाण्डौ तारकेश्वर नगरपालिका(१९, मनमैजु बस्ने पूर्णिमा श्रीषलाई ठगीको आरोपमा पक्राउ गरिएको हो।श्रीषले आकर्षक तलबको प्रलोभन देखाउँदै फ्रान्स पठाइदिने भन्दै ३ जना व्यक्तिबाट ३८ लाख ५० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।
रकम ठगी गरेर भागेपछि पीडित शीरबहादुर थापाले गएको माघ २८ गते उजुरी दिनुभएको थियो ।महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पूर्णिमालाई मनमैजुबाटै पक्राउ गरेको हो । पक्राउ परेकी पूर्णिमालाई थप कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाइएको महाशाखाले जनाएको छ ।