७९ हजार नगदसहित थानकोटबाट ५ जुवाडे पक्राउ

बिहिबार, १५ फाल्गुन २०७६

काठमाडौँ- महानगरीय प्रहरी वृत्त थानकोट जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ७९ हजार ८० रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ थानकोट खरीबोटस्थित बिजय प्रकाश श्रेष्ठले संचालन गरेको सिम्रिक मोटर पार्टसमा जुवातास खेलिरहेका अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका(४) थानकोटका ४४ वर्षीय बिजय प्रकाश श्रेष्ठ, चन्द्र बहादुर गोपाली, राजु देसार, धर्मराज महर्जन र हरी गोपाल श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जुवा सम्बन्धी कसुरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।