कोरोना सङ्क्रमणबाट खेलाडीको मृत्यु
काठमाडौँ- इरानी महिला फुटसल राष्ट्रिय टोलीकी २२ वर्षीय सदस्य एल्हाम शेखीको कोरोना भाइरसका कारण ज्यान गएको छ ।उनी दश दिनदेखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी स्थानीय समाचार संस्था रोखाले जनाएको छ ।खेलकुदमा कोरोना भाइरसका कारण बढेको त्रासका बीच इरानमा सबै खेलकुद कार्यक्रमहरू स्थगित गरिएको छ ।
शेखी रहने प्रान्तको राजधानी क्वम सहरमा सयौँ चिनियाँ शिया विद्वानहरू रहेको र त्यहीबाट संक्रमण भएको पुष्टि गरिएको छ । शेखीको निधनप्रति प्रतिक्रिया व्यक्त गर्दै इरानी अन्तर्राष्ट्रिय महिला फुटसल रेफ्री एसो जावहेरीले इरानले कोरोना भाइरसलाई समान्य रुपमा लिएकोप्रति आक्रोश व्यक्त गरेकी छिन् । यसैबीच एशियाली फुटबल कन्फेडेरेसनले एएफसीका लागि तयार चार इरानी टिमहरूको फुटबल खेलहरू रद्द गरेको बताइएको छ ।