न्याय खोज्दै गोकुल बाँस्कोटा पुगे अदालत !

शनिबार, १७ फाल्गुन २०७६

काठमाडौं–सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोडको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा न्याय खोज्दै जिल्ला अदालत काठमाडौं पुगेका छन् ।

सञ्चारमाध्यममा सार्वजनिक भएको अडियोमाथि छानबिन हुनुपर्ने माग गर्दै बाँस्कोटा शुक्रवार दिउँसो अदालत पुगेका हुन् ।

बाँस्कोटाले भने, ‘न्यायका लागि अदालत पुगेको छु । म विरुद्ध लाञ्छना लगाउनेहरूविरुद्ध मुद्दा दायर गरेको छु ।’

बाँस्कोटाले अडियोमा बोल्ने अर्को पक्ष विजयप्रकाश मिश्रविरुद्ध गालीबेइज्जती मुद्दा दायर गरेका छन् ।

प्रेस खरिदका क्रममा कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएका थिए । बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बाँस्कोटाले घुस मागेको प्रमाणित नभएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।