विवाद टुंग्याउन सचिवालय बैठक बस्दै

आइतबार, १८ फाल्गुन २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार बिहान बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ११ः३० बजे बस्ने बैठक राष्ट्रियसभामा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णयपछि नेकपामा सुरु भएको विवादमा केन्द्रित हुनेछ ।

१४ फागुनको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा लैजान सिफारिस गरे पनि प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई नमान्ने बताएपछि यसले विवादको रुप लिएको हो ।

१० फागुनको सचिवालय बैठकले नै गौतमलाई राष्ट्रियसभामा लैजाने र संविधान संशोधनका लागि कार्यदल गठन गर्नेसम्मका निर्णय गरेपछि नेकपामा ध्रुविकरण सुरु भएको छ ।