प्रेरक प्रसंग : बिरालोको खूवाको भागबण्डा गरे बाँदरले !

सोमबार, १९ फाल्गुन २०७६

काठमाडौं– एकपटक दुइटा बिरालोले कतै खुवाको डल्लो भेटेछन् । तर त्यो भाग लगाउन खोज्दा उनीहरुको झगडा नै परेछ । उनीहरुले बाँदरकहाँ गएर त्यो खुवा भाग लगाउने सल्लाह गरे र बाँदरकहाँ गए ।

बाँदरकहाँ पुगेर उनीहरुले भने– ‘महाशय, तपाईले यो खुवा हामीमा बराबर भाग लगाइदिन पर्‍यो ।’

बाँदरले भन्यो– ‘ठीक छ । कतैबाट एउटा तराजु ल्याओ ।’ तराजु ल्याएपछि उसले त्यो खुवालाई आधा–आधा पारेर दुईतिर राख्यो । तर एकातिर अलि बढी पर्न गएछ । उसले तराजु उचाल्दा बढी परेको भागपटिूको तराजु तल लच्कियो । बाँदरले त्यतापट्टिको खुवा अलिकति खाइदियो । बिरालाले सोधे–“यो के गरेको ? किन खाएको ?’ उसले उतर दियो–“यो मेरो शुल्क हो ।’

बाँदरले फेरि जोख्यो । तर यो पल्ट अकोपटिट्को तराजु लच्कियो । उसले त्यतापटिट्को खुवा अलिकति खायो । बिरालाहरुले फेरि सोधे – ’यो त न्यायको शुल्क हो ।’ बाँदरले फेरि जोख्यो । अब यो पल्ट अकोपटिट्को तराजु लच्कियो । उसले त्यतापटिट्को खुवा फेरि अलिकति खायो । बिरालाहरुले फेरि सोधे–“यो के गरेको ? किन खाएको ?’ उसले उतर दियो–“यो त जरिवाना हो ।’

यसो गर्दा एकापटिट्को खुवा सकिसकेको थियो । अब बचेकोपटिट्को खुवा पनि उसले खाइदियो । बिरालाहरु अचम्म पदै सोधे–“यो चाहिँ के हो ? अब किन खाएको ?’ उसले उतर दियो– “यो त धन्यवाद स्वरुप खाएको हो ।’