ओली–प्रचण्डलाई फोटो खिच्दा चस्को पस्ने ठट्टा
काठमाडौं – समाजवादी पार्टीका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सोमाबार बिहानै एउटा रमाइलो ट्विट गरे । धनगढी विमानस्थलमा सत्तारुढ दल नेकपाका केही नेतासँगै खिचेको फोटोसँगै उनले गरेको ट्विटमा नेकपा अध्यक्षका अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई फोटोले चस्का दिनसक्ने भनी ठट्टा गरेको प्रसंग जोडेका छन् ।
भट्टराईले ट्विटरमा लेखेका छन् , ‘धनगढी विमानस्थलमा नेकपाका नेताहरू माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, भीम रावल लगायतसँग जम्काभेट ! फोटो खिच्न लाग्दा कमरेड केपी–पिके लाई चस्को पस्ने हो कि ? भन्ने ठट्टा पनि चल्यो !
नेकपाका नेताहरु माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, भीम रावल लगायतको बीचमा बसेर फोटो खिचाएका भट्टराईले यस फोटोले प्रचण्ड र ओलीलाई कसरी चस्का पर्ला भनेर ठट्ठा चलेको भनेर चाँही खुलाएका छैन् ।
भट्टराई धनगढीमा चलिरहेको विश्व नेपाली साहित्य महोत्सवमा भाग लिन गएका हुन् भने नेकपा नेताहरु पार्टीको कार्यक्रमका लागि धनगढी पुगेका हुन् ।