कोरोना भाइरसको जानकारी टिकटकबाट पनि

मंगलबार, २० फाल्गुन २०७६

काठमाडौं – टिकटकमार्फत पनि कोरोना भाइरसबिरुद्धका सावधानीका उपायहरु सार्वजनिक भएका छन् ।

टिकटकले भाइरससम्बन्धी सामग्री खोज्ने प्रयोगकर्ताहरूको लागि विश्व स्वास्थ्य सङ्गठनको वेबसाइटको लिङ्क राखिदिएको हो ।

कोरोना भाइरससम्बन्धिको जानकारीमुलक सन्देश राखिएको विश्व स्वास्थ्य सङ्गठनको टिकटक खातामा लाखौं फलोवर्स जोडिएका छन् ।

कोरोनासम्बन्धी गलत सूचना अनलाइनमार्फत कम गराउन र सन्देशात्मक सूचना प्रभाव गर्ने उद्देश्यले फागुन १६ गते शुक्रबारदेखि संगठनले टिकटक अकाउन्ट सुरू गरेको हो ।

यसअघि बिश्व स्वास्थ्य संगठनले आफ्नो फेसबुक, ट्वीटर र इन्स्टाग्राममा भाइरसको रोकथाम र सावधानीको इन्फोग्राफि राखिसकिएको छ ।