कोरोनाको कारण ५४ हजार कैदी रिहा

बुधबार, २१ फाल्गुन २०७६

काठमाडौं – कोरोनाभाइरसको संक्रमणको डरले इरानमा करिब ५४ हजार कैदी बन्दीलाई अस्थायी रुपमा रिहा गरिएको छ ।

जुन जेल कैदी बन्दीले भरिएका छन् त्यहाँ कोरोना संक्रमण बढ्न सक्ने भन्दै रिहा गरिएको बीबीसीले जनाएको छ ।

न्यायपालिकाका प्रवक्ता घोलहुसैन इस्माइलीले पत्रकारसँग कुरा गर्दै उनीहरुको स्वास्थ्य चेकजाँचपछि केही समयका लागि रिहा गरिएको हो ।