अस्ट्रेलियाको एआइबिटी इन्टरनेशनल कलेज पुनः सुचारु
काठमाडौं – अस्ट्रेलियको एआइबिटी इन्टरनेशनल कलेज पुनः सुचारु हुने भएको छ । कलेजको दर्ता खारेज गर्ने अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी (आस्क्वा)को निर्णयलाई अदालतले बदर गरिदिएपछि उक्त कलेजले पुनः पठनपाठन सुरु गर्ने भएको छ ।
हजारौ विद्यार्थीको भविश्य अन्यवल पार्ने गरि अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी (आस्क्वा)ले मे १५ मा कलेजको दर्ता खारेज गर्ने निर्णय गरेपछि कलेजले अस्ट्रेलियको संघिय अदालतमा मुद्धा दायर गरेको थियो ।
कलेज बन्द भएसंगै अध्ययनका लागि अस्ट्रेलिया गएका हजारौं नेपाली विद्यार्थी अन्यौलमा परेका थिए, अहिले उनीहरुलाई राहत भएको छ । कलेजका अनुसार सम्पूर्ण पुवाधार पुगेरपनि केही कलेजमाथि पुर्वाग्रह राख्ने तत्वका कारण समय समयमा दुख दिने गरेको बताएको छ । सामान्य रिसिवीका कारण हजारौं विद्यार्थीको भविश्य अन्योल पार्नका लागि आस्क्वाले गरेको निर्णय माथि नै प्रश्न चिन्ह उठेको छ ।
अवदेखि आस्क्वाको निर्णयलाई पनि नपत्याउने अवस्था आएको जनकारहरु बताउँछन ।
इन्टरनेशनल इन्सिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी इन्टरनेशनल प्रा.लि (एआइबिटी इन्टरनेशनल) कलेजलाई अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी (आस्क्वा)ले मे १५ मा कलेजको दर्ता खारेज गर्ने निर्णय गरेको थियो ।
