नविकरण भएका शैक्षिक कन्सल्टेन्सीको लिस्ट सार्वजनिक, दर्ता कन्सल्टेन्सीबाट मात्र विदेश जान मन्त्रालयको अनुरोध
काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक बर्ष २०८१/०८२ मा नविकरण भएका शैक्षिक कन्सल्टेन्सीको नामावली सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक सूचना जारी गर्दै मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाले विदेश जाँदा सूचना बमोजिमको संस्थाबाट मात्र सेवा लिन अनुरोध गरेको छ ।
‘नविकरण भएका शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा सञ्चालन, तयारी कक्षा सञ्चालन, ब्रीज कोर्ष सञ्चालन तथा भाषा परीक्षण गर्न अनुमति प्राप्त संस्थाहरुको सूची प्रकाशन गरिएको सम्बन्धी सूचनाः यस मन्त्रालयबाट आ.व. २०८१/८२ का लागि संस्था नविकरण गर्न सूचना प्रकाशन गरिए बमोजिम देहाय बमोजिमका संस्था नविकरण भएकाले सम्बन्धित सबैको जानकारीको लागि प्रकाशन गरिएको छ।’, शाखा प्रमुख तथा उपसचिव सेमन्तराज कोइरालाद्वारा जारी सूचनामा भनिएको छ, ‘….शैक्षिक परामर्श सेवाको क्षेत्रमा सेवा लिनु पर्ने सेवाग्राहीहरुले समेत यसै सूचना बमोजिम प्रकाशित सूचीका संस्थाहरुबाट सेवा लिनु हुनसमेत मन्त्रालय अनुरोध गर्दछ ।’
मन्त्रालयले सूचीमा कुनै पनि संस्थाको विवरण फरक पर्न गएमा शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखामा आफूले प्राप्त गरको नवीकरण पत्रको प्रतिलिपि सहित सूचना प्रकाशन गरिएको मितिले १५ दिन भित्रमा सम्पर्क गर्न अनुरोध गरेको छ । सार्वजनिक विवरण अनुसार ७ सय २० शैक्षिक कन्सल्टेन्सी नविकरणको सूचीमा छन् । जुन यसप्रकार छ ।


