अष्ट्रेलियामा जनसम्पर्क समितिको पाँचौँ अधिवेशन, महिला र ‘जेन–जी’को उल्लेखनीय सहभागिता
काठमाडौं – नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको पाँचौँ अधिवेशन सम्पन्न भएको छ । करिब एक सय जनाको सहभागितामा सम्पन्न अधिवेशनमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका सभापतिको उपस्थिति तथा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो।
अधिवेशनमा महिलादेखि खेलकुद क्षेत्रका नेतृत्व तथा प्रतिनिधि र ‘जेन–जी’ युवाहरूको उल्लेखनीय सहभागिता रहेको प्रकाश गैरेले जानकारी दिए।
गैरेका अनुसार विभिन्न क्षेत्र र पुस्ताको प्रतिनिधित्व हुने गरी भएको सहभागिताले अधिवेशनलाई थप उत्साहपूर्ण बनाएको थियो। विशेषगरी युवाहरूको उल्लेखनीय उपस्थितिले संगठनप्रति नयाँ पुस्ताको चासो र सहभागितालाई समेत प्रतिबिम्बित गरेको उनको भनाइ छ।
उनले अधिवेशनलाई संगठनको गतिविधि र आगामी कार्यदिशाबारे छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा समेत लिइएको बताए।