अख्तियारमा भ्रष्टाचार मुद्दा खेपिरहेका दुई पालिका अध्यक्ष एमाले प्रवेश

शनिबार, १४ भाद्र २०८२

काठमाडौं—पार्टीले संरक्षण गर्ने वचनपछि अख्तियारमा भ्रष्टाचार मुद्दा खेपिरहेका दुई पालिका अध्यक्ष एमाले प्रवेश गरेका छन् ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) र मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष केशवनन्द बनिया कारवाहीबाट जोगिन एमाले प्रवेश गरेका छन् । उनीहरूलाई एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरेका छन् ।

शुक्ला २०७४ को स्थानीय तह चुनावमा विजय गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट निर्वाचित भएका थिए भने बनिया ०७४ मै उपेन्द्र यादव नेतृत्वको पार्टीबाट जितेका थिए ।