कार्यकक्षमै छात्रा बलात्कार आरोपमा हेडमास्टर पक्राउ
काठमाडौं—कार्यकक्षमै छात्रा बलात्कार आरोपमा हेडमास्टर पक्राउ परेका छन् । उदयपुरको हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज श्रेष्ठ १४ वर्षीया छात्रालाई विद्यालयमै बलत्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार प्रधानाध्यापक युवराज श्रेष्ठले भदौ १४ गते बिहान करिब १० बजेर ४५ मिनेटमा आफ्नै कार्यालयभित्र छात्रामाथि बलात्कार गरेको भन्दै पीडितकी भाउजुले भदौ १५ गते साँझ ६ बजे इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा उजुरी दिएकी थिइन् ।
उजुरी दर्ता भए लगत्तै श्रेष्ठलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ । उनीमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।