चार करोड नगदसहित विनोद श्रेष्ठ पक्राउ
काठमाडौँ – प्रहरीले चार करोड नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोर्खाका विनोद श्रेष्ठ रहेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट खटिएको प्रहरीले मंगलबार काठमाडौँको गंगबुबाट उनलाई पक्राउ गरेको हो ।
ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको सूचनापछि छापा मार्दा ४ करोड नगद र केही सुन बरामद भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी शेखर खनालले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।