अर्घखाँचीका एक युवाले श्रीमतीको हत्या गरेर शव भान्छा कोठामा पुरे
काठमाडौं – अर्घखाँचीका एक युवाले श्रीमतीको हत्या गरेर शव भान्छा कोठामा पुरेको पाइएको छ ।
आफ्नै श्रीमती ३४ वर्षीया सुमित्रा कुमाल गुरूङको हत्या गरि शव भान्छा कोठामा पुर्ने छत्रदेव गाउँपालिका ४ पातका ३६ वर्षीय किरण गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।
किरणले सुनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले भान्सा कोठामा खाडल खनेर गाडेको अवस्थामा सुनिताको शव फेला पारेको थियो