राइटपाथको ‘एजुकेशन रोड शो –२०२५’ सम्पन्न, विद्यार्थीको उल्लेख्य सहभागिता

मंगलबार, १७ भाद्र २०८२

काठमाडौँ – राइटपाथ करियर काउन्सिलिङको ‘एजुकेशन रोड शो –२०२५’ सम्पन्न भएको छ । मंगलबार शैक्षिक परामर्शदाता संस्था राइटपाथले पुतलीसडक स्थित केन्द्रीय कार्यालयमा ‘एजुकेशन रोड शो’ सम्पन्न गरेको हो । चितवन, बुटवल, कीर्तिपुरमा हुँदा काठमाडौँ आइपुगेको रोड शोमा पाँच सय भन्दा धेरै विद्यार्थीको सहभागिता थियो ।

रोड शोमा विद्यार्थीहरूले विदेशका विभिन्न शीर्ष विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाटको अवसर पाएका थिए । एजुकेशन रोड शोमा सहभागी विद्यार्थीले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया लगायतका विश्वविद्यालयबाट आएका प्रतिनिधिसँग प्रत्यक्ष परामर्श गर्ने अवसर पाएका थिए ।

राइटपाथको एजुकेशन रोड शो कार्यक्रममा परामर्श लिने विद्यार्थीको भिड नै लागेको थियो । विभिन्न देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले रोड शोमा सहभागिता जनाएर परामर्श लिएका थिए । एजुकेशन रोड शो कार्यक्रममा सहभागी भएकी राइटपाथकी ब्रान्ड एम्बेस्डर अस्मी श्रेष्ठले पनि रोड शोबाट सयौँ विद्यार्थीले फाइदा लिएको बताइन् ।

देशभरका विद्यार्थीले राइटपाथको सेवा लिएको बताउँदै उनले विद्यार्थीको सही छनोट राइटपाथ नै रहेको बताइन् । उनले राइटपाथबाट विदेश जान चाहने विद्यार्थीको सपना साकार पार्न योगदान दिइरहेको समेत जिकिर गरेकी थिइन् । एजुकेशन रोड शोमा सहभागी हुने विद्यार्थीहरूले विशेष गरी छात्रवृत्तिहरू, निःशुल्क चलचित्र टिकटहरू र आईएलटिएस र पिटिइका कक्षामा भारी छुट पाएका थिए ।

राइटपाथका सिइओ फिलिप डिसिले विद्यार्थीहरूका लागि विदेश अध्ययनको लागि अवसरहरूको खोजी गर्ने एक सुनौलो अवसर भएको बताए । उनले एजुकेशन रोड शोको अन्तिम दिनसम्म आइपुग्दा विद्यार्थीको उल्लेख्य सहभागिता रहेकोमा खुसी व्यक्त गरे ।

उनले कार्यक्रममा सहभागी भएका विद्यार्थीमा सपना पुरा गर्ने हुटहुटी रहेको बताए । उनले विद्यार्थीको सपना सकार पार्न राइटपाथले योगदान गरिरहेको बताउँदै कार्यक्रममा सहभागी भएर सेवा लिने विद्यार्थी र अभिभावकहरूलाई धन्यवाद समेत ज्ञापन गरे ।

रोड शोमा सहभागी भएका विद्यार्थीले राइटपाथबाट उत्कृष्ट परामर्श सेवा पाएको बताएका थिए । उनीहरुले प्रशिक्षकले गाइड गर्ने गरेको र भविष्य निर्माणमा सहयोग पुगेको बताए । यस्ता कार्यक्रमबाट विद्यार्थीलाई सुनौलो अवसर मिल्ने धारणा राख्दै उनीहरुले राइटपाथमा आएर आफ्नो भविष्यको मार्ग तयार गर्न सबै विद्यार्थीलाई आग्रह गरेका थिए ।