साइबर ब्युरो पुगे स्वर्णिम वाग्ले
काठमाडौं—रास्वपा उपसभापति स्वर्णिम वाग्ले निवेदन लिएर साइवर व्युरो पुगेका छन् ।
नेपाल–भारत सीमाबारे आफ्नो डिप फेक अडियो बनाएर आफ्नो बदनाम गरेको भन्दै कारबाहीका लागि प्रहरीको साइबर अनुसन्धान ब्युरो पुगेका हुन् ।
बुधबार आफैँ पुगेर वाग्लेले निवेदन दिएको ब्युरोका प्रवक्ता एवं एसपी दीपकराज अवस्थीले जानकारी दिए । वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल भारत सीमानाका बारेमा संवाद गरेको जस्तो सुनिने अडियो आफ्नो नभएकाले अनुसन्धान गर्दिन अनुरोध गर्दै उजुरी दिएका हुन् ।