२१ जना यात्रु लिएर गएको बसको ब्रेक फेल

बुधबार, १८ भाद्र २०८२

काठमाडौं—२१ जना यात्रु लिएर गएको बसको ब्रेक फेल भएर पल्टिएको छ ।

काठमाडौंबाट गोरखाको आरुघाटतर्फ जाँदै गरेकोे गण्डकी प्रदेश १–००६ ख ४१३१ नम्बरको बस तान्द्राङको टारिफाँटमा मंगलबार बिहान करिब साढे ५ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा सवार २२ मध्ये २१ जना घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीका डिएसपी इन्द्रप्रसाद सुवेदीले बताएका छन् ।

डिएसपी इन्द्रप्रसाद सुवेदीका अनुसार बस सडकबाट करिब चार मिटर तल खसेको हो ।