प्रभु बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेल तथा रिसोर्टमा १५ प्रतिशतसम्म छुट
काठमाडौं – प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरूले काठमाडौंको दरबार मार्गस्थित ल्यान्डमार्क होटेल तथा रिसोर्टमा विशेष छुट पाउने भएका छन् ।
सोसम्बन्धी सम्झौतापत्रमा प्रभु बैँकका चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्टका सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ र बिक्री तथा वितरण कर्पोरेट निर्देशक अमृत ढकालले बुधबार हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार यस बैंकका ग्राहक तथा कर्मचारीहरूले ल्यान्डमार्क होटेल तथा रिसोर्टका देशभर रहेका कुनै शाखामा उपलब्ध सेवा तथा सुविधा उपभोग गर्दा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । बैंकका अनुसार आवासतर्फ विशेष संस्थागत छुटका साथै खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
ल्यान्डमार्क होटेल तथा रिसोर्टअन्तर्गत चितवन, पोखरा, काठमाडौं, तनहुँ र भैरहवालगायत शाखासँग प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुविधा लिएबापत त्यस्तो छुट पाउन सक्ने बताइएको छ । त्यस्तो छुट सुविधा उपभोग गर्नका लागि प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै पनि विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।
हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित यस बैंकले नेपालभर रहेका ३१२ वटा शाखा कार्यालयहरू, २५६ एटीएमका साथै ४८ एक्सटेन्सन काउन्टरमार्फत ३१ लाखभन्दा बढी ग्राहकहरूलाई गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ ।
साथै, प्रभु बैंक ‘फिनाकल इन्फोसिस इन्नोभेसन गोल्ड–२०२४ अवार्डु, ‘नेपाल बेस्ट डिजिटल बैंक फर एसएमई अवार्डु र ‘अन्तर्राष्ट्रिय युरोमनी एक्सिलेन्स अवार्ड २०२५’बाट पनि सम्मानित भइसकेको छ ।