अबदेखि ठूलो स्वरमा बोल्दा ३ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने

बिहिबार, १९ भाद्र २०८२

काठमाडौं—अबदेखि ठूलो स्वरमा बोल्दा ३ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ घोषणा गर्दै ठूलो स्वरमा बोल्न, एकाबिहानै र राति अबेर प्रेसर कुकरको सिट्ठी बजाउन, ठूलो आवाजमा मोटरसाइकल स्टार्ट गर्न, बिहान अनावश्यक खोक्न र खकार्न प्रतिबन्द लगाएको छ ।

फोनमा ठूलो स्वरमा नबोल्न, टेलिभिजन वा म्युजिक सिस्टम खोलेर नसुत्न, भान्सामा भाँडाकुँडा नबजाउन, राति गेट वा घन्टी बजाउनुको साटो फोनको प्रयोग गर्न प्रहरीले अपिल गरेको छ ।

छिमेकमा यस्ता गतिविधि भए १०० वा १०३ मा फोन गर्न प्रहरीले आग्रह गरेको छ । माथि उल्लेखित कुनै पनि गतिविधि गरेर ३ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।