दिवा खाजा खाएपछि १ सय बढी विद्यार्थी विरामी परे

बिहिबार, १९ भाद्र २०८२

काठमाडौं—दिवा खाजा खाएपछि १ सय बढी विद्यार्थी विरामी परेका छन् ।

महोत्तरीको पिपरा गाउँपालिकास्थित श्री आदर्श माविमा बिहीबार दिवा खाजा खाएपछि एक सयभन्दा बढी विद्यार्थी विरामी परेपछि अस्पतालमा भर्ना भएका छन् । दिवा खाजा खाने क्रममा एक विद्यार्थीको प्लेटमा छेपारो देखिएको थियो ।

खाजा खाएका विद्यार्थीमा स्वास्थ्य समस्या देखिएपछि सबै विद्यार्थीलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको विद्यालय प्रशासनले जनाएको छ । पालिकाले दिएको दिवा खाजामा समस्या देखिएको विद्यालयले जनाएको छ ।

पालिका अध्यक्ष रामजानकी यादवले विद्यार्थी बिरामी भएको आफूले थाहा पाएको तर वास्तविकता बुझ्न नपाएको जानकारी दिए । उनले भने, ‘विद्यार्थीहरू दिवा खाजा खाएपछि बिरामी भएको भन्ने सुनेको छु ।’ आफू वास्तविकता बुझ्ने प्रयासमा रहेको उनको भनाइ थियो ।