अबदेखि १ रुपैयाँमा पार्किङ सुविधा
काठमाडौं—अबदेखि १ रुपैयाँमा पार्किङ गर्न पाइने भएको छ ।
ललितपुरस्थित लबिम मलको अन्डरग्राउन्ड पार्किङमा प्रति घण्टा रु १ मै पार्किङ गर्न पाइने भएको हो । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले लबिम मलसँग सहकार्य गर्दै SCT–UnionPay कार्डबाहकका लागि विशेष पार्किङ सुविधा दिएको हो ।
यो सुविधा अधिकतम ५ घण्टासम्म उपलब्ध हुनेछ। ग्राहकले आफ्नो SCT–UnionPay कार्ड प्रयोग गरी पार्किङमा राखिएको पीओएस मेसिनमार्फत पार्किङ शुल्क भुक्तानी गर्नुपर्नेछ।