इक्यान कास्कीको एजुकेशन फेयर पोखरामा सुरु, ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागीता

शुक्रबार, २० भाद्र २०८२

पोखरा – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को कास्की साखाको एजुकेशन फेयर सुरु भएको छ। विदेश अध्ययन गर्न जान चाहने तथा नेपालमै राम्रो शैक्षिक अवसरको खोजीमा रहेका नेपाली विद्यार्थीहरुलाई सहि परामर्श दिने उद्देश्यले (इक्यान) कास्कीद्वारा आयोजित फेयर पोखरामा सुरु भएको हो।

शुक्रबार बिहानबाट सुरु भएको फेयर शनिबार बेलुकासम्म चल्ने (इक्यान) कास्कीले जनाएको छ। फेयरलाई सभ्य तथा भब्य तरिकाले सम्पन्न गर्न शैक्षिक परामर्श सम्बद्ध बिभिन्न संघका प्रतिनिधिहरु कास्की पुगेका छन् । साथै कार्यक्रममा उपस्थित भएर फेयर सफलताको शुभकामनासमेत व्यक्त गरेका छन्।

ओमप्रकाश गैरेकाे अध्यक्षतामा सुरू भएकाे औपचारिक कार्यक्रममा गण्डकी प्रदेशकाे सामाजिक विकास तथा खेलकुदमन्त्री विन्दुकुमार थापाकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । फेयरमा  नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, इक्यानका पूर्व अध्यक्ष दिपक गुरुङ, निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, इक्यानका अध्यक्ष शेसराज भट्टराई, बरिष्ठ उपाध्यक्ष एन्ड्रु पौडेल, सचिव भवनाथ हुमागाई, कोषाध्यक्ष आशिक कार्की लगायत विश्वका ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागीता रहेको छ।

फेयरमा विदेश अध्ययन गर्न जाने सोचमा रहेका गण्डक आसपासका जिल्ला बाग्लुङ्ग, पर्वत, लमजुङ्ग, तनहुँ, म्याग्दी, स्याङ्गजा लगायताका जिल्लाहरुका विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको मोटिभेट संवाददाताले जनाएका छन्। संवाददाताका अनुसार  फेयर सुरु भएको केही घन्टामै सयौं विद्यार्थीले सहभागिता जनाइसकेका छन्।