सरकारले कडा रोग लागेका बिपन्न जनताहरुको मन दुखायो

शुक्रबार, २० भाद्र २०८२

काठमाडौं—सरकाले कडा रोग लागेका बिपन्न जनताहरुको मन दुखाएको छ। विपन्न नागरिकले पाउँदै आएको उपचार सुविधाको सम्पूर्ण भुक्तानी स्वास्थ्य बिमा बोर्डमार्फत हुने व्यवस्था गर्दै बिमाको रकम भुक्तानी गर्न नसक्ने बिपन्नहरुको मन दुखाएको हो ।

सरकारले आगामी कात्तिक १ बाट स्वास्थ्य बिमामाआबद्ध भएका विपन्न नागरिकहरूले मात्र आठ प्रकारका कडा रोगको एकीकृत सुविधा दिने निर्णय गरिसकेको छ । हाल मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स,स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीहरूले यो सुविधा पाउँदै आएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीमा आबद्ध गर्ने निर्णयअनुसार आगामी कात्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो । यो व्यवस्था लागु  हुदासम्म स्वास्थ्य बिमामा आवद्ध हुन नसक्ने बिपन्न नागरिक यो सुबिधाबाट बन्चित हुनेछन्।