अब संसद्को लाइभ पनि बन्द हुने

शुक्रबार, २० भाद्र २०८२

काठमाडौं—सरकारले दर्ता नभएमा सामाजिक सञ्जालका प्ल्याटफर्म बन्द गरेसँगै संसद्बाट हुने लाइभ पनि बन्द हुने भएको छ ।

दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलगत्तै सभामुख देवराज घिमिरेले संसद्‍को लाइभ प्रसारणका लागि वैकल्पिक माध्यमको व्यवस्था गर्न संसद्‍ सचिवालयलाई निर्देशन दिएका छन्।

संघीय संसद्को दुवै सदनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकको प्रत्यक्ष प्रशारण हुँदै आएको छ । प्रतिनिधिसभाको बैठक २५ भदौ र राष्ट्रिय सभाको बैठक २३ भदौमा बस्दैछ ।बैठकमा सांसदहरूले बोलेका भिडियोहरु युट्युबमा अपलोड हुदै आएको छ  ।