महिलाको भित्री वस्त्र बन्यो सबैभन्दा महँगो हेयर क्लिप

शनिबार, २१ भाद्र २०८२

काठमाडौँ – जापानी फेसन ब्रान्ड जेनीफ्याक्सले आफ्नो नयाँ हेयर एक्सेसरीजको लाइनका लागि धेरै चर्चा बटुलिरहेको छ। यसको नयाँ उत्पादन एक महिलाको पेन्टी हो, जसमा हेयर क्लिप जोडिएको छ।

धेरैजसो मानिसले जिस्कँदा वा ठट्टामा मात्रै पेन्टीलाई टाउकोमा लगाउने गर्छन्, तर यदि फेसन ब्रान्ड जेनीफ्याक्सको भनाइ मान्ने हो भने महिलाको पेन्टीलाई कपालमा लगाउनु छिट्टै एउटा फेसन स्टेटमेन्ट बन्नेछ।

यस जापानी ब्रान्डले सिल्की महिलाको पेन्टीमा धातुको हेयर क्लिप टाँसेर एउटा मौलिक र सबैको ध्यान तान्ने एक्सेसरी बनाएको छ। ‘पेन्टी रिबन बो’ (Panty Ribbon Bow) नाम दिइएको यो नयाँ हेयर क्लिप कालो, गुलाबी र नीलो गरी तीन रङमा उपलब्ध छ। यसको मूल्य १७,६०० जापानी येन तोकिएको छ।ब्रान्डकी संस्थापक जेन(फ्याङ आफ्नो अपरम्पारगत डिजाइन छनोटका लागि सधैँ परिचित छिन्, र यो पेन्टी रिबन बो पनि ब्रान्डको शैलीसँग मिल्दोजुल्दो छ।

यस विवादास्पद एक्सेसरीका तस्बिरहरू हालै चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएका छन्, जसले फेसन ब्रान्डहरूको रचनात्मक स्वतन्त्रताबारे चर्को बहस सुरु गरेको छ।डिजाइनको सीमालाई धकेल्ने जेनीफ्याक्स पहिलो कम्पनी भने होइन।