अबदेखि रक्षा मन्त्रालयको नाम युद्ध मन्त्रालय
काठमाडौँ – अबदेखि रक्षा मन्त्रालयको नाम युद्ध मन्त्रालय हुने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालयको नाम फेरेर युद्ध मन्त्रालय राख्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेसंगै रक्षा मन्त्रालयको नाम युद्ध मन्त्रालय हुने भएको हो ।
कार्यकारी आदेशमा हस्ताक्षरसँगै रक्षा मन्त्रालयको नाम युद्ध मन्त्रालय रहने र रक्षामन्त्री पिट हेगसेथ अब युद्धमन्त्री रहने भएका छन्। कार्यकारी आदेश तत्काल कार्यान्वयन गरिने ह्वाइट हाउसले जनाएको छ। पेन्टागनका अधिकारीहरूले रक्षामन्त्री हेगसेथको कार्यालय बाहिरको साइनबोर्डमा युद्ध मन्त्रालय भनेर राखिसकेका छन्।
सोअनुसार रक्षामन्त्री, रक्षा मन्त्रालय र मातहतका अधिकारीलाई आधिकारिक पत्राचार, सार्वजनिक सञ्चार, औपचारिक सन्दर्भ र कार्यकारी शाखा भित्र गैर(वैधानिक कागजातहरूमा ‘युद्ध मन्त्री’, ‘युद्ध मन्त्रालय’, र ‘युद्ध उपमन्त्री’ जस्ता ओहोदा प्रयोग गर्न अधिकार दिन्छ।
पेन्टागनका अधिकारीहरूले रक्षामन्त्री हेगसेथको कार्यालय बाहिरको साइनबोर्ड परिवर्तन गरिसकेका छन्। साथै मन्त्रालयको वेबसाइट पनि डिफेन्स डटकमबाट परिवर्तन गरी वार डटकम राखिएको छ। वेबसाइटको माथिल्लो भागमा मन्त्रालयको यसअघिको छोटकरी रूप डिओडीबाट युद्ध मन्त्रालयको छोटकरी रूप डिओडब्ल्यू राखिएको छ।
कार्यकारी आदेशमा हस्ताक्षर गर्ने कार्यक्रममा राष्ट्रपति ट्रम्पले विश्व परिस्थितिअनुसार फेरेर राखिएको मन्त्रालयको नाम उपयुक्त रहेको बताए।