एक व्यक्तिको मस्तिष्कमा १८ सेन्टिमिटर लामो जुका भेटियो
काठमाडौँ – काचो मासु खाँदा एक व्यक्तिको मस्तिष्कमा १८ सेन्टिमिटर लामो जुका परेको छ। वर्षौँदेखि सर्पको काँचो मासु खाने गरेका ति ब्यक्तिको मस्तिस्कबाट डाक्टरहरुले सल्यक्रिया गरेर १८ इन्च लामो जुका निकालेका हुन्। चिनियाँ सञ्चारमाध्यमले ली भनेर चिनाएका ती व्यक्तिलाई अचानक बेहोस हुने, छारे रोग लाग्ने र मुखबाट फिँज आउन थालेपछि हुनानस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। उनको समस्या करिब एक वर्षअघि सुरु भएको थियो।
मस्तिस्कमा केही हुनसक्ने निचोडसहित डाक्टरहरूले ति व्यक्तिको शल्यक्रिया गर्ने निर्णय गरेका थिए। सल्लेक्रियापछि उनको दिमागबाट १८ इन्च लामो जिउँदो जुका निकालेर ज्यान बचाएका थिए । जुका मानिसको दिमागमा कसरी पुग्यो भनेर डाक्टरहरूले सोध्दा लीले वर्षौँदेखि एउटा सर्प समातेर त्यसको काँचो पित्तथैली खाएको बताएका थिए ।
उनले आँखामा मोजाइकजस्तो आकृति देखिन थालेको बताएका थिए। उनले डाक्टरलाई देखाए, तर नेत्ररोग विशेषज्ञले आँखामा केही पनि असामान्य नदेखे पनि एमआरआई स्क्यान गर्दा उनको आँखाको पछाडि कुनै बाहिरी वस्तु भएको खुलासा भयो।
यद्यपि, दृष्टि समस्या हराएपछि उनले शल्यक्रिया गर्न मानेनन्। उनलाई थाहा थिएन कि उनको यो निर्णयले एक अनपेक्षित पाहुनालाई उनको दिमागमा बस्ने र बढ्ने मौका दिँदैछ।
गत महिनाको अन्त्यतिर लीको अवस्था झन् खराब भयो। उनी अचानक बेहोस भए । उनको मुखबाट फिँज आयो भने उनी काम्न पनि थाले। अर्को एमआरआई गरेपछि डाक्टरहरूले शल्यक्रिया गरी उनको दिमागभित्र रहेको जिउँदो जुका निकाल्ने निर्णय गरे। शल्यक्रियाका क्रममा एक सर्जनले सावधानीपूर्वक लामो, सेतो परजीवीलाई पूरै बाहिर निकाले, जुन हलचल गरिरहेको थियो।
स्पार्गानोसिस भनेको स्पाइरोमेट्रा मानसोनीु नामक टेपवर्मको लार्भा हो, जुन प्रायः भ्यागुता, सर्प र चराहरूमा पाइन्छ।