सुनको मूल्यमा रेकर्डमाथि रेकर्ड, तोलाकै ३ लाख पुग्न सक्ने
काठमाडौं – साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १६ सय रुपैयाँले बढेर दुई लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
सुनको मूल्य १६ सय रुपैयाँले बढेर दुई लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला २५ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ८१ हजार ७ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २१४३.५० रुपैयाँ कायम भएको छ ।
यसरी दिनप्रतिदिन सुनको मुल्यले आकास छुदै जाने हो भने अबको केही महिनामै प्रति तोला ३ लाख पुग्ने विज्ञहरुले विश्लेसण गरेका छन्।