४ दिनदेखि सम्पर्क विहिन वडा अध्यक्ष बरालको कोट चिहानघाट भेटियो

आइतबार, २२ भाद्र २०८२

काठमाडौं— ४ दिनदेखि सम्पर्क विहिन रास्कोट नगरपालिका वडानम्वर ८ का वडाअध्यक्ष मनिराज बराल(स्टार)को अवस्था अझै अज्ञात रहेको छ ।

उनको व्यापक खोजि कार्य भईरहेको प्रहरीले बताएको छ । वडाअध्यक्ष बरालले लगाएको कोट भने शुक्रवार कर्णाली नदिको किनार चिहानघाट नाहाने ढुङगामा भेटिएको छ ।

उनले लगाएको कोट मात्र शान्तिघाट नजिक रहेको चिहानघाट नाहाने ढुङगामा भेटिएपछि सबैलाई गम्भीर बनाएको छ । बुधवार विहान उनी ससुराली जान्छु भनेर आरसीपी बजारबाट हिडेका थिए तर सम्पर्क विहिन भएपछि खोजि तलासी सुरु भएको थियो ।

उनले चिहानघाट पुगेरै कतै कर्णालीमा हाम फालेर आत्महत्या गरेको त होईन ? भन्ने आशंका धेरैलाई भएको छ । वडाअध्यक्ष बरालले यदि नदिमा हामफाल्ने निर्णय गरेकै हो भने पनि यो निर्णय किन गरे होला ? निकैको चासोको विषय बनेको छ ।

उनलाई ३ महिना अघि मानसिक समस्या (डिप्रेसन) भएको भनेपछि पाटन अस्पतालमा पुर्याएर उपचार समेत गरिएको पारिवारिक श्रोतको भनाई छ ।

सामान्य डिप्रेसन भएपनि उनी आत्महत्या नै गर्ने अवस्थासम्म किन पुगे यसको वास्तविक कारण अझै खोजि तलासीको विषय बनेको छ ।

उनको लास वा सास नभेटिदासम्म यसै भन्न सकिने अवस्था छैन । कोट नदि किनारमा भेटिएकाले उनी जिवित हुने सम्भावना अब निकै कम देखिएको छ । यो घटनाले रास्कोट शोकाकुल भएको छ ।